प्रधानमन्त्री कपः महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी एपीएफलाई

Advertisement

काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कञ्चनपुरको कभर्डहल क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । यस्तै उपविजेता सुदुरपश्चिमले ३ लाख प्राप्त गर्यो ।

यसअघि एपीएफले प्रदेश १ लाई हराएर फाइनल पुगेको थियो । यस्तै वर्षाको कारण सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द हुँदा समूह विजेताको रुपमा सुदुरपश्चिम फाइनल पुगेको थियो ।

महाकाली स्पोर्ट्स सोसाइटीले आयोजना गरेको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

Advertisement

Advertisement

Advertisement