ललिता निवास जग्गा प्रकरणः अख्तियारले ८६ जनालाई पत्र काट्यो (नामावलीसहित)

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको २९९ रोपनी जग्गा अनियमिततामा मुछिएका तीन परिवारसहित ८६ जनालाई बयानका लागि बोलाएको छ। सार्वजनिक सूचना निकालेर अख्तियारले बुधबार ललिता निवासको जग्गा अनियमितताबारे छानविन गर्ने भन्दै ८६ जनालाई बयानका लागि बोलाएको हो।

बुधबार जारी गरिएको सूचनामा बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही काय गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोरोको उजुरीको अनुसन्धानको सिलसिलमा तपाईसँग केही बुझ्नु पर्ने भएकोले यो म्याद प्रकाशित गरिएको उल्लेख छ।

‘यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आयोगको अनुसन्धान महाशाखा नं २ मा सम्पर्क राख्न नआएमा कानुन बमोजिम भइ जाने छ’, सूचनामा उल्लेख छ।

सूचनामा सरकारले प्रचलित कानुन बमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरिएको साविक हाँडी गाउँ मौजाहा नम्बर ४५६ को लगत भिड्ने भन्ने उल्लेख छ।
को को छन् हेर्नुस पूरा नाम

 

Advertisement

Advertisement

Advertisement