नेप्से घटे पनि कारोबार बढ्यो, हिमालयन डिष्ट्रिलरीको एकैपटक १९ करोड ४२ लाखको सेयर बिक्री

Advertisement

काठमाडौं । सेयर बजारमा बुधबार सामान्य गिरावट भएको छ भने कारोबारमा वृद्धि भएको छ । आज सेयर बजार परिसुचक नेप्से दुई दशमलव ७८ अंकले घटेर एक हजार २५८ कायम भएको छ ।

मंगलबार ४८ करोड रुपियाँको सेयर कारोबार भएकोमा आज त्यो बढेर ५७ हजार पारे भएको छ । हिमालयन डिष्ट्रिलरीको एकै पटक १९ करोड ४२ लाख रुपियाँको सेयर किनबेच हुँदा कारोबार बढि भएको हो । यो सेयर कस्लाई बिक्री भएको हो ? भन्नेबारे नेप्से र स्टक ब्रोकर नं. ५८ दुवैले खुलाउन चाहेनन् ।

त्यसपछि धेरै कारोबार गर्ने नेपाल बैंकको चार करोड २१ लाख रुपियाँको कारोबार छ । समूहगत कारोबारतर्फ आज आठ वटा समूहमा गिरावट भएको छ भने व्यापार, होटल, सञ्चय कोष, अन्य गरी चार समूहका सुचकहरुमा भने सुधार आएको छ ।

आज धेरै नाफा गर्नेमा नेपाल एग्रो लघुवित्तका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement