हुवावे अलग हुँदा गुगलका ८० करोड प्रयोगकर्ता घट्ने

Advertisement

काठमाडौं । स्मार्टफोन निर्माता चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकी सरकारको तर्फबाट प्रतिबन्ध लागेसँगै गुगलले पनि हुवावेसँगको सम्बन्धविच्छेद गरेको छ र हुवावेको एन्ड्रोइड लाइसेन्स गत महिना रद्द गरिदिएको छ । यसो हुँदा अब हुवावेले आफ्ना स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ्ग सिस्टम राख्न पाउने छैन ।

अमेरिकी वाणिज्य विभागले हुवावेलाई एन्टिटी सूचीमा राख्दै अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरापूर्ण रहेका कम्पनीको सूचीमा हुवावेलाई राखेको छ ।

अमेरिकी प्रतिबन्ध तथा गुगलसँगको सम्बन्धविच्छेदसँगै हुवावेले आफ्नै मोबाइल अपरेटिङ्ग सिस्टम विकास गर्ने घोषणा पनि गरिसकेको छ । हुवावेले आफ्नै मोबाइल अपरेटिङ्ग सिस्टम ज्यलनःभलन को विकास गर्ने दिशामा काम पनि सुरु गरिसकेको छ ।

यद्यपि, प्रतिबन्धका बाबजुद् अमेरिकी वाणिज्य विभागले अमेरिकाका कम्पनीहरुलाई हुवावेसँगको कारोबार मिलाउन भन्दै ९० दिनको समय दिएको छ । तथापि यसले हुवावेको समस्यामा कमी आएको छैन ।

बजारमा विद्यमान आफ्ना सबै स्मार्टफोनहरुले एन्ड्रोइड सपोर्ट गर्ने र एन्ड्रोइडको अपडेट पनि प्राप्त भइरहने प्रष्टीकरण हुवावेले दिएको छ । यद्यपि, प्रतिबन्धबाट कम्पनीलाई ३ हजार अर्ब रुपैयाँभन्दा धेरै नोक्सानी हुनसक्ने पनि हुवावेले जनाएको छ ।

हालैको एक अन्तरर्वार्ताका क्रममा हुवावेका संस्थापक तथा सीईओ रेन झेंगफेइले हुवावेसँगको सम्बन्धविच्छेदबाट गुगललाई पनि ठूलो घाटा हुने बताएका छन् ।

हुवावेले आफ्ना डिभाइसहरुमा एन्ड्रोइड अपरेटिंग सिस्टमको प्रयोग गर्न छाड्दा गुगलका झण्डै ७० देखि ८० करोड प्रयोगकर्ता घट्ने दाबी उनको छ ।

उनले भनेका छन्, ‘गुगल र हुवावे दुवै मिलेर काम गर्दै आएका छन् । यदि हुवावेले गुगल सिस्टम लोड नगर्ने हो भने आगामी दिनमा गुगललाई झण्डै ७० देखि ८० करोड प्रयोगकर्ताको घाटा हुनेछ ।’

हुवावेले आफ्ना डिभाइसमा गुगलको सिस्टमलाई निरन्तरता दिन चाहेको भन्दै आवश्यकता परेमा हुवावेसँग आफ्नै अपरेटिङ्ग सिस्टम रहेको र त्यसको सहयोगले स्मार्टफोन बजारमा कायम रहने बताएको छ।

हुवावेको ज्यलनःभलन अर्थात् इबप अपरेटिंग सिस्टम आगामी सेप्टेम्बरको अन्त्य वा अक्टोबरसम्ममा पूर्ण रुपले रिलिज हुने बताइएको छ ।

हालै हुवावेको उक्त अपरेटिंग सिस्टमको परीक्षण पनि गरिएको थियो । ओप्पो तथा भिभोलगायतका मोबाइलमा गरिएको परीक्षणका क्रममा हुवावेको अपरेटिङ सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशतसम्म बढी तेज रहेको पाइएको थियो ।

केही अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका समाचारका अनुसार हुवावेले आफ्नै अपरेटिङ सिस्टमको साटो क्बष्ािष्कज तथा रुसको ब्दचयचब अपरेटिङ सिस्टमलाई समेत एन्ड्रोइडको विकल्पको रुपमा प्रयोग गर्न सक्दछ ।

हुवावेका अनुसार विद्यमान सबै एन्ड्रोइड एपहरु हुवावेको ज्यलनःभलन ले सपोर्ट गर्नेछ । यदि हुवावेको उक्त अपरेटिङ्ग सिस्टम अन्य चिनियाँ स्मार्टफोन निर्माताहरुले समेत प्रयोग गरेमा स्मार्टफोन अपरेटिङ्ग सिस्टमको बजारमा गुगलको एन्ड्रोइड सबैभन्दा ठूलो अपरेटिङ सिस्टमको रुपमा रहने छैन । किनकि सबै चिनियाँ स्मार्टफोनमा हुवावेको अपरेटिङ्ग सिस्टम प्रयोग हुँदा बजार हिस्साका हिसाबले एन्ड्रोइड पछाडि पर्नेछ ।

Advertisement

Advertisement

Advertisement