असारे विकास सक्न चटारोः निर्माण व्यावसायी भन्छन्- अलकत्रा अभाव भयो

Advertisement

काठमाडौं । असारे विकास सक्न चटारो बढिरहेका बेला निर्माण व्यवसायीहरुले अलकत्रा र मट्टीतेलको अभाव भएको बताएका छन् । ब्यावसायी संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै निर्माणका लागि चाहिने कच्चा पदार्थ बिटुमिन, अलकत्र र मट्टीतेल पाइनै छाडेको बताएका हुन् ।

भारतबाट नेपाल आयात हुने अलकत्रको अभाव भएपछि रुपन्देही क्षेत्रमा सडक निर्माणको काम प्रभावित भएको छ । भारत र तेश्रो मुलुकबाट नेपाल आयात हुने अलकत्रा र मट्टीतेलको अभाब हुँदा काम गर्न समस्या भएको निर्माण व्यवसायीहरुले गुनासो गरे ।

लुम्बिनी निर्माण ब्यबसायी संघ बुटवलका अध्यक्ष मोहनलाल जोशीले अहिले प्रदेश ५ मा विकासको चरणमा रहेका सडक आयोजना निर्माण सम्पन्न गर्नका लागि झण्डै पाँच सय ट्रक अलकत्र आवश्यक पर्ने बताए । उनले भने, ‘निर्माणमा समय तोक्ने, आबश्यक कच्चा पर्दाथको अभाब छ, हामीले कहाबाट ल्याउने अलकत्र, कसरी समयमै निर्माण सकिन्छ रु’ उनले प्रश्न गरे ।

अहिले हरेक क्षेत्रका सडकमा धमाधम कालोपत्रेको काम भैरहेको छ । यसअघि उनीहरुले प्रदेश ५ को भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीलाई सहजीकरण गर्न भन्दै ज्ञापनपत्र पनि बुझाएका थिए ।

निर्माण व्यवसायी यदुनाथ पाण्डेले सरकारले सहजीकरण गरिदिएमा निर्माणाधीन अवस्थामा रहेका ७० प्रतिशत काम समयमै सकिने दाबी समेत गरेका छन् ।

Advertisement

Advertisement

Advertisement