बैंकहरुलाई असार २७ गते भित्रै मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

Advertisement

काठमाडौं । सरकारले फोर्स मर्जरको लागि बजेटमा व्यवस्था नभएसम्म फोर्स मर्जरको विपक्षमा देखिएका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मर्जर गर्ने प्रतिवद्धता पेश गर्न बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएका छन् । बिहीबार आयोजित कार्यक्रममा छलफलका लागि उपस्थित भएका बैंकका अध्यक्ष र सीईओहरुलाई गभर्नर नेपालले असार २७ गते मौद्रिक नीति आउने भन्दै त्यो भन्दा अघि नै मर्जरका लागि प्रतिवद्धता पेश गर्न भनेका छन् ।

पछिल्ला केही दिनदेखि मर्जरको पक्षमा देखिएका गभर्नरले मौद्रिक नीति अघि नै मर्जरको लागि तयारी गर्न निर्देशन दिएको बैठकमा सहभागि एक बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । उनले सकेसम्म फोर्स गर्ने भन्दा पनि बैंकहरु आफैं मर्जरको वातावरण तयार पार्नको लागि आग्रह गरेका छन् । अन्यथा नीतिमा नै यसबारेमा उल्लेख गरिने चेतावनी दिएको पनि ती बैंकरले बताए ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल गर्न भन्दै २८ वटै वाणिज्य बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएको थियो । छलफलमा बोल्दै गभर्नर नेपालले आगामी २७ गते मौद्रिक नीति आउने समेत जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement