आँधीखोला लघुवित्तले असार २२ गतेदेखि आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले असार २२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याउने भएको छ । कम्पनीले ४ करोड रुपियाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशनमा ल्याउने भएको हो ।

उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि २००० कित्तासम्म आवेदन दिन सकिने छ । असार २२ गतेदेखि खुल्ने सेयर छिटोमा असार २५ गते र ढिलोमा साउन २० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम २ हजार कित्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने इक्रा एनपि आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

वित्तीय संस्थाले स्याङजा, कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ गरी १० जिल्लामा १९ शाखा विस्तार गरिसकेको छ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपियाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपियाँ ३८ पैसा कायम छ ।आईपिओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० रहनेछ ।

Advertisement

Advertisement

Advertisement