विद्युत प्राधिकरणमा रोजगारीको अवसर (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारीका लागि आवेदन खुल्ला गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पद, तह र विभिन्न स्थानका लागि सय जना भन्दा बढी कर्मचारीका लागि नयाँ विज्ञापन आह्वान गरेको हो ।

रिक्त २ सय ५० भन्दा बढी पदका लागि नयाँ आवेदन खुला गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले दशौं तहको लागि प्राविधिक तर्फ ३ जना, नवौं तहमा ५ जना, आठौं तहमा ३ जना, सातौ तहमा एक सय जनाको लागि नयाँ विज्ञापन आह्वान गरेको छ । सातौ तहमा सबैभन्दा बढी सिभिल ईन्जिनियरिङको लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै तह ५ देखि तह ३ सम्मका लागि विज्ञापन खोलेको हो ।

प्राधिकरणले उपनिर्देशिक, चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्ध, प्रशासकीय अधिकृत, समाजशास्त्री, इन्जिनियर, सर्भे अधिकृतलगायतका कर्मचारी माग गरेको छ । यस्तै, सुपरभाइजर, मिटर रिडिङ सुपरिभाइजर, सिनियर हेवी इक्विपमेन्ट अपरेटर, लेखापाल, सहायक लेखापाल, इलेक्ट्रिसियन, फोरमेन, सवारी चालक, मिटर रिडर, जुनियर मिस्त्रीका लागि आवेदन खुला गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले प्राधिकरणका केन्द्रीय तथा क्षेत्रिय कार्यालयहरुमा दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । परीक्षाको मिति र समय भने पछि प्रकाशित गरिने जनाएको छ ।

 

Nea

Advertisement

Advertisement

Advertisement