देवः विकास बैंकको बनेपा र कुशादेवीमा नयाँ शाखा

Advertisement

काठमाडौं । देवः विकास बैंकले काभ्रे बनेपा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शुक्रबार उद्घाटन गरे ।

कार्यक्रममा श्रेष्ठले निर्यातमुखी व्यवसायमा जोड दिँदै बैकिङ सेवालाई गाउँ गाउँमा पुर्याउन सकेमात्र समग्र देशमा रोजगारका अवसरहरु सिर्जना भई देश समृद्ध हुने बताए । उनले उद्यमशीलताको विकास र निजी क्षेत्रमैत्री बैकिङ प्रणाली जरुरी रहेको बताए । श्रेष्ठले देशको आर्थिक बृद्धिदरलाई बढाउन राष्ट्र बैंकले भूमिका खेल्दै आएको बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले एक दशक अगाडी बनेपा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्न सुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधिलाई मध्यनजर गरी काउन्टरलाई शाखामा स्तरोन्नती गरेको बताए । उनले यस शाखाबाट सेवाग्राहीलाई सम्पूर्ण बैकिङ सेवा प्रदान गरिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण श्रेष्ठले काभ्रे र आसपासका क्षेत्रको आर्थिक उत्पादकत्व बृद्धि गर्नका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने बताए । बनेपा नगरपालिका– ८ का वडाध्यक्ष दानबहादुर मानन्धरले महिला सशक्तिकरण र लघु तथा साना व्यवसायको विकासमा बैंकले लगानी केन्द्रित गर्नुपर्ने बताए । यसका लागि स्थानीय निकाय सहकार्य गर्न तयार रहेको उनले बताए ।

शुक्रबार नै पनौति–२, कुशादेवीमा बैंकले अर्को शाखा पनि सञ्चालनमा ल्याएको छ । यस शाखाको बैंक सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङले उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्रामीण तथा पहाडी क्षेत्रका सेवाग्राहीलाई वित्तीय पहँुच पुर्याउन र स्थानीय उत्पादकत्व बढाउन कुशादेवी शाखाबाट सहयोग पुग्ने बताए ।

पनौती नगरपालिका–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले यस क्षेत्रको मुख्य पेशाको रुपमा रहेको कृषि तथा पशुपालन व्यवसायलाई अझ परिष्कृत बनाउन बैंकले लगानी गर्नुपर्ने बताए । पनौती–१ का वडाध्यक्ष गुणनाथ सापकोटा र पनौती नगरपालिका–३ का वडाध्यक्ष किशोर थापाले स्थानीयवासीको आर्थिक उन्नतिका लागि वडाबाट बिशेष कार्यक्रम संचालन गरी बैंकसँग सहकार्य गरी अगाडी बढ्ने बताए ।

Advertisement

Advertisement

Advertisement