इप्पानले मंसिर ५ र ६ गते उर्जा सम्मेलन गर्ने, ‘पावरिङ द एसियन सेन्चुरी’ नारा

Advertisement

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आउँदो मंसिर ५ र ६ गते उर्जा सम्मेलन गर्ने भएको छ । ‘पावरिङ द एसियन सेन्चुरी’ नारासहित सम्मेलन गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

इप्पानले गर्दै आएको उर्जा सम्मेलनको यो सातौं संस्करण हो । बिगतमा गरिँदै आएको उर्जा सम्मेलनमा उर्जा क्षेत्रको विकासमा अहम भूमिका खेलेको भन्दै इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले आउँदो सम्मेलन पनि उर्जा क्षेत्रको सफलता र अनुभव आदान प्रदान गर्न सफल हुने बताए ।

सम्मेलनमा उर्जा क्षेत्रमा भएका परिस्थितिजन्य परिवर्तन, थालिएका सुधार र देश भित्र तथा बाहिर देखिएका अवसर तथा चुनौतिबारे छलफल हुनेछ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वि, सरकारी निकायका अधिकारी, निजी र गैरसरकारी क्षेत्रका सरोकारवालाको उपस्थितिमा उर्जाको विकास र जलस्रोत उपयोगबारे नीतिगत बहस, नेपालको दिगो आर्थिक विकासको संभावना खोजी गरिने छ ।

इप्पानले नेपाल उर्जा क्षेत्र अहिलेसम्मकै क्रियाशील अवस्थामा रहेको भन्दै अहिले लगभग पाँच हजार पाँच सय मेगावाटका आयोजना निर्माण वा पूर्ननिर्माणका चरणमा रहेको, १८ हजार मेगावाट क्षमताका आयोजना निर्माणमा जानको लागि अध्ययन भइरहेको, देशमा बिद्युत उत्पादन क्रमिकरुपमा वृद्धि भइरहेको भन्दै इप्पानले उत्पादित बिजुली अधिक मात्रामा देशमा नै खपत गर्न नीति जरुरी रहेको खाँचो औंल्याएको छ ।

Advertisement

Advertisement

Advertisement