नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा ढकाल, विशिष्ट मानार्थ सदस्यमा राजेशकाजी

Advertisement

काठमाडौं । नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न पाँचौं वार्षिक साधारणसभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

संघको विशिष्ट मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ चयन भएका छन भने वरिष्ठ उपाध्यक्षमा धु्रबकुमार श्रेष्ठ, उपाध्यक्षमा अशोक शेरचन, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवन अग्रवाल, सचिवमा मनोज श्रेष्ठ भडेल चयन भएका छन् ।

कार्यसमिति सदस्यमा अनिलदास श्रेष्ठ, कमलराज विष्ट, किसान सुनार, कृष्ण पौडेल, तीर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, बासुमाया तमाङ, विना प्याकुरेल, युगेश वादे श्रेष्ठ, सुमितकुमार वंशल, शम्भुकुमार लामा, सुशील जैन, सञ्जय अग्रवाल, सुनिल शर्मा र राजेन्द्र बराल निर्वाचित भएका छन् ।

नेपाल तथा इटाली बीचको आर्थिक, व्यापारिक, पर्यटन लगानीका लागि यो संघ स्थापना भएको हो । नवनिर्वाचित अध्यक्ष ढकालले सबै उद्योगी व्यवसायीहरुसँगको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु अगाडी बढाउने बताए ।

इटालीका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने उनले बताए ।

Advertisement

Advertisement

Advertisement