चार लाख घुस लिएको आरोपमा इन्जिनियर पक्राउ

Advertisement

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई रु चार लाख घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट गएको टोलीले इञ्जिनियर मोहम्मदलाई पुतलीबजार–१ स्थित इग्लिस बोर्डिङ स्कूल नजिकबाट पक्राउ गरिएको हो । आरोपी मोहम्मदको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

यस्तै दुई वटा भारतीय मोटरसाइलकलाई छुटाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरीलाई रु १० हजार घुस दिन खोज्ने मर्चवारी गाँउपालिका–१ बस्ने रामराज यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार यादवले भारतीय अनुसनधानमा रहेको भारतीय मोटरसाइलक छुटाइदिने बहानामा प्रहरीलाई घुस दिन खोजेका थिए । आरोपी यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको भए पनि आयोगले आज जानकारी दिएको हो ।

यस्तै आयोगले राष्ट्रिय माध्यामिक विद्यालय लकडमणि कैलालीका पूर्व प्रधानाध्यापक लालकुमार झासमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०६६÷६७ देखि २०७०÷७१ मा प्राप्त भएको सरकारी रकम दुरूपयोग गरेको उनीहरूमाथि आरोप लागेको छ ।

आयोगले प्रधानाध्यापक लालकुमार झाविरुद्ध रु दुई लाख ५९ हजार ४८२, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहुप्रसाद डगौराले रु दुई लाख १० हजार २५२ र सोही विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पवन महत्तोले रु ६३ हजार २३० बराबरको भ्रष्टाचार गरेको अध्ययनबाट फेला परेको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement