हिमाल दोलखाले असार २५ गतेदेखि ७६ लाख कित्ता आइपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले असार २५ गतेदेखि सर्बसाधारणको लागि ७६ लाख ७२ लाख रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणमा प्रतिकित्ता १ सय रूपियाँ अंकित दरमा ७६ लाख ७२ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । असार २५ गतेदेखि खुल्ने सेयर छिटोमा असार २९ गते र ढिलोमा साउन २४ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपीओलाई केयर नेपाललले 'केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ ।

कुल निष्काशनमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ भने बाँकीे ७४ लाख ९३ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् ।

हिमाल दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख र कुल लागत ७२ करोड ५१ लाख ४९ लाख रूपियाँ रहेको छ भने माई खोला स्मल क्यास्केड हाइड्रोपावर को प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार र कुल लागत एक अर्ब ४२ करोड रूपियाँ रहेको छ ।

दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्ने कम्पनीले जनाएको छ । माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ बर्ष र माई खोला स्मल क्यास्केड हाइड्रोपावरको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ ।

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपियाँ छ । आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement