लोकसेवामा चार लाख ४० हजारको आवेदन, १४ करोड राजस्व संकलन

Advertisement

काठमाडौं । लोकसेवा आयोगमा मंगलबार साँझसम्म ४ लाख ४० हजार १६३ जनाले आवेदन दिएका छन्। हालसम्म लोकसेवाले दरखास्तबाट १४ करोड ४ लाख ११ हजार १५० रुपियाँ राजस्व संकलन गरेको आयोगले जनाएको छ।

त्यस्तै समावेशी तर्फपनि उल्लेख्य आवेदन परेको आयोगले जनाएको छ। जसअनुसार एक लाख दुई हजार २३६ जनाले मधेशी कोटामा फाराम भरेको आयोगको भनाइ छ। त्यस्तै महिला तर्फ दुई लाख ९४ हजार पाँच सय ८० जनाले दरखास्त दिएका छन्। जनजातीको कोटामा एक लाख ३६ हजार एक सय ५३ जनाले फाराम भरेका छन् भने दलित कोटाबाट २१ हजार दुई सय २८ जनाले दरखास्त दिएको आयोगले जनाएको छ ।

लोक सेवा आयोगले आव्हान गरेको विज्ञापनको आवेदन दर्ता गर्ने समयअवधि मंगलबारबाट सकिएको छ। यस अवधिमा खलाका साथै समावेशी समूह अन्तर्गतका महिला, आदिवासी जनजाती, मधेशी, दलित, अपांग तथा पिछडिएको क्षेत्र अनर्तगतका समावेशी समूमा उल्लेख्य मात्रामा आवेदन परेको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement