नेको इन्स्योरेन्सले १२ प्रतिशत लाभांशको प्रस्ताव गर्यो

Advertisement

काठमाडौं । नेको इन्स्योरेन्सले गत बर्षको कमाइबाट शेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको १४ करोड ११ लाख रूपियाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत अर्थात् ७४ लाख २९ हजार रूपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट परीत भएपछि शेयरधनीहरुलाई वितरण गरीने छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २५ करोड १५ लख रूपियाँ खुद नाफा कमाएर प्रतिसेशेयर आम्दानी २८ रूपियाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ २०९ रूपियाँ २९ पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement