नेपाल टेलिकमको ‘फाइवर टु होम सेवा’ वीरेन्द्रनगरमा सुरु

Advertisement

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको प्रादेशिक केन्द्र सुर्खेतको वीरेन्द्रनगरमा उच्च गतिको इन्टरनेट सेवा (फाइवर टु होम सेवा) सुरु गरेको छ । यसअघि एडिएसल सेवामार्फत इन्टरनेट वितरण गर्दै आएको टेलिकमले फाइबर सेवा सुरु गरेको हो ।

पहिलो चरणमा वीरेन्द्रनगरको पीपलचौतरा, वीरेन्द्रनचौक र तल्लो बजार क्षेत्रमा फाइबर लाइन विस्तार गरिरहेको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । उनका अनुसार यी क्षेत्रमा तत्काल १ हजार ५ सय बढी ग्राहकले फाइवरमार्फत इन्टरनेट सेवा उपभोग गर्न पाउने छन् । वीरेन्द्रनगरका बाँकी क्षेत्रमा भने आउने आर्थिक वर्षमा फाइवर सेवा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख खतिवडाले जानकारी दिए । टेलिकमले तत्कालै कार्यालयहरूमा र इत्राम क्षेत्रमा समेत फाइवरको काम सुरु गर्न लागेको छ । फाइवर बिछ्याउन वीरेन्द्र नगरका केही क्षेत्रहरूमा सर्भेको काम सुरु गरिएको प्रमुख खतिवडाको भनाइ छ ।

दैलेख सदरमुकाममा पनि फाइवर विस्तार गर्ने कामजोरी रहेकाले दुई महिनामै इन्टरनेट सेवा सुरु हुने उनले जानकारी दिए । ग्राहकले ८ एमवीपीएसको इन्टरनेटमा फोन सेवा, डिवाइस र एकसय मिटर तार निःशुल्क पाउने छन् । यसको वार्षिक शुल्क ८ हजार रहेको टेलिकमले जनाएको छ । तर, एडिएसल ग्राहकहरू स्वतःफाइवर सेवामा रुपान्तरण गरिने खतिवडाको भनाइ छ ।

यसैबीच सोमबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवाको शुभारम्भ गरेका छन् । फोनमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशले अघि सारेको डिजिटल प्रदेशको योजनामा यो सेवाले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले टेलिकमको सेवालाई अझै प्रभावकारी बनाएर सहुलियत दरमा नागरिकलाई सेवा प्रवाह गर्न आग्रह गरेका छन् । यसै सन्दर्भमा मन्त्री भण्डारीले नागरिकलाई प्रविधिको पहुँचमा जोड्न सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । उनले टेलिकमको फाइबर टु होम सेवाका इन्टरनेटले पनि यो अभियानलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement