एनबी बैंकको दुई अर्बको ऋणपत्र बाँडफाँड, १० बर्षे ऋणपत्रको ऋणपत्रको ब्याजदर १०.२५  प्रतिशत

Advertisement

काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकको दुई अर्बको ‘१०.२५ प्रतिशत एनबिबिएल डिबेन्चर २०८५’ (ऋणपत्र) बिहीबार बाँडफाँड गरिएको छ । बैंकमा बुधबार आयोजित कार्यक्रममा ६९५ जनालाई यो ऋणपत्र बिक्री गरिएको जानकारी दिइयो ।

ऋणपत्रको अवधि १० बर्षको रहेको छ भने यसमा १० दशमलव २५ प्रतिशत ब्याज प्राप्त हुनेछ । एक हजार अंकित दरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बैंकले नबिल इन्भेष्टमेण्ट बैंकिङलाई निकाष्शन तथा बिक्री प्रवन्धक तोकेअनुुसार कम्पनीले गत जेठ १० गतेदेखि असार ८ गतेसम्म सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद आहवान गरेको थियो ।

सोमध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कुल ८० करोड रुपियाँ ऋणपूँजी रकम (५ प्रतिशत अर्थात् ४० हजार युनिट सामुहिक लागानी कोषका लागि छुट्याईएको समेत) सर्वसाधारण नेपालीहरुको लागि निष्काशन गरिएको थियो । निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई आठ लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ८३४ जना आवेदकहरुबाट कुल एक लाख २६ हजार ९२८ कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको र त्यसमध्ये १३९ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा १२ हजार १५० कित्ता ऋणपत्र विभिन्न कारणवश रद्द भएको, रितपूर्वक ६९५ जना योग्य आवेदकहरुलाई कूल एक लाख १४ हजार ७७८ कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २७ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको छ लाख ८५ हजार २२ कित्तासमेत गरी कुल १८ लाख ८५ हजार २२२ कित्ता ऋणपत्र बाँडफँड गरिएको नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

सर्वसाधारण समूहबाट ११ करोड ४७ लाख ७८ हजार रुपियाँ र व्यक्तिगत तवरबाट एक अर्ब ८८ करोड ५२ लाख रुपियाँ गरी कुल दुई अर्बको ऋणपत्र बाँडफाँड गरिएको हो ।

Advertisement

Advertisement

Advertisement