मेगा बैंकले बेलायतबाट रेमिटान्स भित्राउन थाल्यो, अफताब करेन्सीसँग साझेदारी

Advertisement

काठमाडौं । मेगा बैंकले ‘मेगा रेमिट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको छ । बेलायतबाट रेमिटान्स भित्राउन बैंकले त्यहाँस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर)सँग साझेदारी गरेको छ ।

यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । बेलायतबाट पठाएको रकम मेगा बैंक र बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत भुक्तानी लिन सकिनेछ ।

Advertisement

Advertisement

Advertisement