काठमाडौंमा भूकम्पको धक्का

Advertisement

काठमाडौं । काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसु्स भएको छ । अहिले बेलुकी ४ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसु्स भएको हो।

भक्तपुर केन्द्रबिन्दु बनाएर चार दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । लामो समयपछि काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौं वरिपरी महसुस गरिएको भूकम्प २०७२ साल वैशाख १२ गते शनिवारको दिन गएको भूकम्पको परकम्प भएको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले जनाएको छ।

शनिबार कै दिन भूकम्प गएपनि २०७२ सालको झल्को दिने भूकम्प भन्दै नागरिकहरु त्रासले खुल्ला स्थानमा निस्केका थिए ।

 

Advertisement

Advertisement

Advertisement