लालीगुराँसलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार’

Advertisement

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०७५ प्राप्त गरेको छ । ९७औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ बाट लालीगुराँसलाई उत्कृष्ठ सहकारी पुरस्कार प्रदान गरिएको हो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठलाई २० हजार रुपियाँ नगदसहित सम्मान पत्र प्रदान गरे । गएको चैत २० गते राष्ट्रिय सहकारी दिवसको दिन घोषणा गरिएको पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको दिन प्रदान गरएको हो ।
कार्यक्रममा सात प्रदेशबाट ७ र संस्थागततर्फ ललितपुर बहुउद्देश्यीस संघलाई सम्मान गरिएको थियो । २०५६ सालमा डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई कारोबार सुरु गरेको यस संस्थालाई ६२ आंै सहकारी राष्ट्रिय दिवसको अवसरमा उत्कृष्ट सहकारीको रुपमा पनि घोषणा गरिएको हो । संस्थाले चालु आवमा सरकारलाई चार करोड ७१ लाख ९७ हजार १९९ राजश्व बुझाएको जनाएको छ । सहकारी संस्थाहरुबाट राजश्वमा यति धेरै योगदान गर्ने लालीगुराँस नै पहिलो भएको सो संस्थाको दावी रहेको छ ।

संस्थाले ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल, भक्तपुरको कौशलटार र चितवनको खैरहनी गरी ४ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ । १७ हजार ८७० जना शेयर सदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपालिकामा नेपालकै सर्वाधिक ठूलो डेरी फार्म संचालनमा ल्याएको छ । संस्थाले ललितपुरको गोदावरीमा डेरी उद्योग संचालनमा ल्याउने तयारी गरेको छ ।

साथै, लालीगुराँसले लालीगुराँस हस्पिटल, लालीगुराँस एजुकेशन फाउण्डेशन, भैरवकुण्ड हाईड्रोपावरमा पनि सञ्चालन गरिरहेको छ ।

लालीगुराँसबाहेक प्रदेश १ बाट झापाको शुभलक्ष्मी सहकारी संस्था, प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था, गण्डकी प्रदेशबाट बागलुङको आदर्श संचार सहकारी संस्था, प्रदेश ५ बाट रुपन्देही सामुहिक विकास साकोस, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदुरपश्चिम प्रदेशबाट कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरियो ।

Advertisement

Advertisement

Advertisement