रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक बन्द

Advertisement

रसुवा । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खण्ड बन्द भएको छ । वर्षाको समयमा दुर्घटनाको जोखिम उच्च भएका कारण यो सडक बन्द गरिएको हो । शुक्रबार परेको पानीका कारण सडक खण्डको त्रिशूली खोलाको हिमपाइप बगाएको छ ।

वर्षाको समयमा पहिरो जाने भएकाले दशैँ अगाडिसम्म सवारी सञ्चालन गर्न नसकिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । हिमपाइप बगाएपछि सवारी सञ्चालन रोकिएको जनाईएको छ । दशैँसम्म पासाङल्हामु मार्गको बेत्रावती धुन्चे सडक खण्डको प्रयोग गर्न सकिने छ ।

२०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन् । सडकको विस्तृत परियोजना प्रतिवेदन असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डिपिआर संशोधन गर्न परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

Advertisement

Advertisement

Advertisement