काठमाडौं । प्रहरीले त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको आधा केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेशनबाट मोरङका लीलाबहादुर बस्नेत सुनसहित पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरीका अनुसार उनी कतारको दोहामा तीन वर्ष वैदेशिक रोजगारीका क्रममा बसेर फर्किएका थिए ।‘फर्किने क्रममा एक जनाले डाइपर लगिदिनु भनेर निश्चित रकम दिने सर्तमा पठाएको उनले बयान दिएका छन् । प्रहरीका अनुसार डाइपरको बटममा ‘रिङ’ बनाएर उनले सुन ल्याएका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।