मर्जरमा जाने प्रतिवद्धता जनाएका वाणिज्य बैंकको संख्या १५ पुग्यो

Advertisement

काठमाडौं । मर्जरमा जाने प्रतिवद्धता जनाएका वाणिज्य बैंकको संख्या १५ पुगेको छ । गत शुक्रबारसम्म छ वटा बैंकले मात्रै मर्जरको प्रतिवद्धता जनाएकोमा आइतबारसम्म थप नौवटा गरेर १५ बैंकले मर्जरको लागि प्रतिवद्धता जनाएका हुन् ।

राष्ट्र बैंकका अनुसार हालमसम्म सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरको प्रतिवद्धता बुझाएका हुन्। ग्लोवल बैंक जनता बैंकसँग मर्जर गर्ने सहमति गरिसकेको छ भने प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी मर्जरको लागि अर्को पनि बैंकसँग छलफल चलाएको छ। त्यस्तै सिटिजन बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको विग मर्जरको लागि प्रोत्साहन र दबाबको वातवरण सिर्जना गर्दै गर्दा बैंकहरूले मर्जरको प्रतिवद्धता राष्ट्र बैंकमा धमाधम बुझाउन थालेका छन्।

Advertisement

Advertisement

Advertisement