'सार्क फिल्म फेस्टिबल'मा नेपालको हातमा दुई अवार्ड, स्वस्तिमालाई ‘स्पेशल जुरी पर्फमेन्स अवार्ड

Advertisement

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको ‘सार्क फिल्म फेस्टिवल’ मा नेपालले दुई अवार्ड हात पारेको छ । चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड ‘पर्फमेन्स’ जितेकी छन् । त्यस्तै छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड प्राप्त गरेको छ ।

अविनाश विक्रम शाहले ‘टाटनी’लाई  निर्माण गरेका हुन् । स्वस्तिमाले बुलबुलमा निर्वाह गरेको भूमिकालाई उत्कृष्ट ठहर्यार्उँदै जुरीले अवार्ड प्रदान गरेको हो । यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ चलचित्रमार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

चलचित्र विकास बोर्ड नेपालले यस वर्ष ‘सार्क फिल्म फेस्टिबल’मा ‘प्रसाद’ र ‘बुलबुल’ प्रतिष्पर्धा विधामा पठाएको थियो । ‘हरी’ चलचित्रले भने त्यहाँ सहभागिता मात्र जनाएको थियो । त्यस्तै सर्ट फिल्ममा मनोजबाबु पन्तको ‘अवशेष’ लाई पनि विकास बोर्डले प्रतिष्पर्धामा पठाएको थियो ।

सार्क फिल्म फेस्टिवलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो पुगेका थिए ।

Advertisement

Advertisement

Advertisement