एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई, अब एसिया कपमा खेल्ने मौका

Advertisement

काठमाडौँ । नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि हाल पार्न सफल भएको छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै जित हासिल गर्न सफल भएको हो । मलेसियामा भएको फाइनल खेलमा नेपालले टस जितेर बलिङ सुरु गरेको थियो ।

पहिलो खेलमा ब्याटिङमा आएको हङकङ ४३.१ ओभरमा ९५ रनमा अलआउट भयो भने नेपालले १६.१ ओभरमै लक्ष्य पूरा गर्न सफल भयो । उपाधिसँगैं नेपालले अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र कुवेतले खेल्नेछन् ।

Advertisement

Advertisement

Advertisement