नेपाल राष्ट्र बैंकले १२ अर्बको पाँच वर्षे विकास ऋणपत्र विक्री गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २६ गते बिहिबार बोलकबोल मार्फत १२ अर्ब रुपियाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । ‘विकास ऋणपत्र २०८१ ग’ नाम दिइएको उक्त ऋणपत्र पाँच वर्षका लागि जारी गर्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।

असार २६ गते अपरान्ह ३ बजे बोलकबोल गरी असार २७ गते ऋणपत्र निष्कासन हुनेछ । साँवा भुक्तानी हुने मिति २०८१ असार २७ गते रहेको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल स्टक एक्सचेन्ज मार्फत दोस्रो बजारमा यस ऋणपत्रको कारोबार गर्न मिल्नेछ ।

यता, प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमाशः निष्कासित रकमको ८० प्रतिशत र २० प्रतिशत अर्थात ९६० करोड रुपियाँ र २४० करोड रुपियाँ छुट्याइएको छ । लगानीकर्ताले घटीमा ५० हजार रुपियाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्र खरिद गर्न पाउनेछन् ।



Advertisement

Advertisement

Advertisement