बैंगलोरमा भवन भत्किँदा तीन नेपालीसहित पाँच जनाको मृत्यु

Advertisement

काठमाडौं । भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरस्थित एक भवन भासिँदा तीन नेपालीसहित पाँच जनाको मृत्यु भएको छ । मंगलबार राति भएको यस घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो ।

घटनामा ज्यान गुमाउने बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी घर भएका बाबु, आमा र छोरी हुन् । रोजगारीका लागि बैंगलोरमा बस्दै आएको यो परिवार अकल्पनीय दुर्घटनाको शिकार भएको छ ।

बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्टमेन्टको भुइँतला भासिँदा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृतक खड्काका छोरा भने धनगढीमा छन् ।

नजिकै निर्माणाधीन ६ तले भवन ढल्दा नारायणको परिवार बसेको चारतले भवनलाई धक्का दिई उक्त भवनको भुइँतला भासिएको जनाइएको छ । राति करिब २ बजे भवन भासिए पनि झण्डै १२ घण्टापछि मृतकहरुको शब बाहिर निकालेर पोष्टमार्टमका लागि नजिकैको बओरिङ अस्पतालमा लगिएको थियो ।

घट्ना थापा पाएपछि नारायणका बाबुआम अचेर भएका थिए । उनीहरु पनि रोजगारीका लागि बैंगलोरमै रहेको र भत्किएको भवननजिकै अर्को भवनमा काम गर्ने गरेको समाचारहरुमा जनाइएको छ । ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका हुन् भने सात जना घाइते भएका छन् । भवनमा बस्दै आएका परिवारको भने प्रहरीले उद्दार गरेको छ ।

घट्ना भएपछि कर्नाटक राज्यका डेपुटी चिफ मिनिस्टर निरीक्षण गर्न घट्नास्थल पुगेका थिए । समाचारहरुका अनुसार बिना अनुमति मापदण्ड पूरा नगरी गुणस्तरहित तरिकाले भवन बनाइएकाले भवन भत्किएको भन्दै यसमा जिम्मेवार निर्माण कम्पनी, इन्जिनियर, आर्किटेकलाई कारवाही गर्नुपर्ने माग उठेको छ ।

Advertisement

Advertisement

Advertisement