त्रिशूली बजार जाने पुल जीर्ण, हेबी गाडिहरु गुड्दा जोखिम बढयो

Advertisement

नुवाकोट । नुवाकोटको त्रिशूली बजार जाने पक्की पुल जीर्ण भएसँगै हेबी सवारी साधन गुडन बाध्य भएका छन् । साथै, यस पुलमा जाखीम पनि उत्तिकै बढेको छ । अर्को विकल्प नखोजीएकाले करीब पाँच दशकअघि निर्माण भएको यो जीर्ण पुलबाट सवारीसाधन आवतजावत गर्न बाध्य भएकाले जोखिम बढेको हो ।

यो पुल पहिले फलामे ‘बेलिब्रिज’ को रुपमा निर्माण भएको थियो । पुलमा प्रयोग गरिएका पाता र नट बोल्ट खिया लागेका छन् । नयाँ पुल निर्माणको लागि विस्तृत परियोजनाको प्रतिवेदन बने पनि कार्यान्वयन हुन सकेको छैन ।

पुलबाट दैनिक चार सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । स्थानीयले यो पुलको विकल्प खोज्नु पर्ने माग राख्दै आएका छन् । भारत सरकारले २०२१ सालमा त्रिशूली जलविद्युत केन्द्र निर्माणको समयमा बनाएको यो पुलको आयु सकिएको छ ।

पुलको सुरक्षाका लागि एक पटकमा एक मात्र सवारी आवतजावत गराउनु पर्ने भनिए पनि कार्यान्वयन हुन सकेको छैन । समयमै अर्को व्यवस्थापन नभएमा पुलले ठुलो जोखिम निम्त्याउने सरोकारवलाहरुले बताएका छन् । पहिले ८ टनसम्म सामान बोकेका गाडी मात्र सञ्चालनको अनुमति भएकोमा अहिले जति पनि वजन बोकेका सवारी साधनहरु ओहोरदोहोर गरी रहेका छन् ।

Advertisement

Advertisement

Advertisement