ज्योति लाईफको बीमालेखहरुको नविकरण शुल्क भुक्तानी अब ईसेवाबाट

Advertisement

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स् कम्पनी र ईसेवाबीच सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री, अझ प्रभावकारी तथा सहज बनाउन इसेवासँग सम्झौता गरी सेवा सुचारु गरेको हो ।

यस सेवाले ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनैपनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement