दक्षिण कोरियामा कामदारहरुको न्यूनतम् ज्याला बढ्यो

Advertisement

काठमाडौं । नेपाली युवाहरुका लागि रोजगारीको आकर्षक गन्तव्य बन्दै आएको दक्षिण कोरियामा सन् २०२० का लागि कामदारहरुको ज्याला दुई दशमलव नौ प्रतिशत (२४० वन प्रतिघण्टा)ले बढेको छ ।

यो वृद्धिपछि कामदारहरुको न्यूनतम् ज्याला प्रतिघण्टा आठ हजार ५९० पुगेको छ । हप्तामा ४० घण्छा वा महिनामा २०९ घण्टा काम गर्ने कामदारले महिनामा १७ लाख ९५ हजार वन प्राप्त गर्ने इपीएस कोरिया नेपालले जनाएको छ ।

कोरियाको न्यूनतम् पारिश्रमिक निर्धारण समितिको बैठकमा १३ घण्टा लामो छलफलपछि सरकार पक्षले राखेको प्रस्ताव आठ हजार ५१० र मजदुर पक्षले राखेको प्रस्ताव आठ हजार ८८० वन बीच मतदान गरिएको थियो । मतदानमा सरकार प्रस्तावमा ११ मत बढि परेपछि सोही पारित भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement