यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लियो, दुई घाईते

Advertisement

काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । विमान धावनमार्गबाट चिप्लिएर ‘ट्याक्सी वे’मा पुगेको हो । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

सो क्रममा विमानमा रहेका दुई यात्रु घाइते भएका छन् । घाइते यात्रुलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । बाँकी सबै यात्रुलाई सकुशल उद्धार गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमान चिप्लिएपछि आपतकालिन संयन्त्रमार्फत यात्रुहरुको उद्धार गरिएको थियो । विमानमा ६६ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित ६९ जना रहेको बताइएको छ ।

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान(अवतरण दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् ।

Advertisement

Advertisement

Advertisement