सुर्खेतका जिल्ला वन प्रमुख चार लाख घुससहित पक्राउ

Advertisement

सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख घुससहित पक्राउ परेका छन्। जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ गरिएको कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement