कामना सेवाको ९४औं शाखा कास्कीको छिनेडाँडामा

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा कास्की जिल्लाको पोखरामा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामामा ९४औं शाखा कार्यालय संचालनमा ल्याएको छ । आज आइतबार बैंकका संचालक चतुराखर अधिकारी, संचालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका हुन् ।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

बैंकले काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९४ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले एबीबीएस, लेटेस्ट इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement