कुमारी बैंकको उपत्यका बाहिर ५ शाखाको ई–उद्घाटन

Advertisement

काठमाडौँ । कुमारी बैंले काठमाडौँ उपत्यका बाहिर ५ नयाँ शाखाहरुको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ । उक्त उद्घाटन समारोह बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा मोबाईल–प्रविधिबाट ई–उद्घाटन गरेका हुन् ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय उद्घाटन चाँही बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो ।

५ शाखा बिस्तार पश्चात कुमारी बैंकको कूल शाखा सञ्जाल संख्या ९८ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement