साइन रेसुंगा डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेटबिच सम्झौता

,   ३० असार २०७६, सोमबार, ०३:३८ pm   

काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेटबिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले सोमबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवाप्रयोग गरी खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंक एक क्षेत्रीय स्तरको बैंक हो । बैंकले हाल पश्चिमान्चल क्षेत्रका विभिन्न स्थानमा संचालित ३९ शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

aecc