चीनद्वारा ताइवानको समुन्द्री तटमा सैन्य शक्ति प्रदर्शन

Advertisement

अमेरिका । ताइवानले अमेरिकाबाट अत्याधुनिक हतियार किन्ने भएपछि चीनले ताइवानको समुन्द्री तटिय क्षेत्रमा सैन्य शक्ति प्रदर्शन गरेको छ।

अमेरिका र चीनबीच जारी व्यापार युद्धले दुई देशबीच तनावको अवस्था सिर्जना गरिरहँदा ताइवानले अमेरिकासँग हतियार किन्ने भएपछि चीन भड्किएको हो।

चीनले ताइवानलाई अफ्नो प्रान्तको रुपमा हेर्दै आएको छ। चीनको नीतिभन्दा बाहिर गएर ताइवानले अमेरिकासँग हतियार किन्ने भएपछि चीन ताइवानसँग रुष्ट बनेको हो।

चीनले ताइवानको समुन्द्री तटिय क्षेत्रमा सैन्य शक्ति प्रदर्शन गरेको सीएनएनले जनाएको छ।

आइतबार चीनको पिपुल्स लिबिरेसन आर्मीले आफूले चीनका दक्षिणपूर्वी तटिय क्षेत्रमा सैन्य शक्ति प्रदर्शन गर्ने बताएको थियो।

चीनले हवाई र पानी दुवैमा सैन्य क्रियाकलाप गर्ने बताएको थियो। चीनले अमेरिकालाई ताइवानलाई हतियार नबेच्ने चेतावनी दिँदै आएको छ।

यद्यपी अमेरिकाले चिनियाँ भनाइको अवज्ञा गर्दै आएको छ। हालै अमेरिका र ताइवानबीच भएको सहमति अनुसार अमेरिकाले ताइवानलाई १०८ वटा अबराम्स ट्यांक र २५० वटा स्टिन्जर क्षेप्यास्त्र लगायत अत्याधुनिक हतियार बेच्ने भएको छ।

अमेरिकाले ताइवानलाई बेच्ने भनेको ट्यांक हतियार २ अर्ब अमेरिकी डलर बराबरका छन्। यस्तै क्षेप्यास्त्र २२३ मिलियन अमेरिकी डलरका छन्।

चिनियाँ रक्षामन्त्रालयले गत हप्ता भनेको थियो । हामी अमेरिकाले ताइवानलाई हतियार बेच्ने विषय र अमेरिकी सेना ताइवानको सम्पर्कमा हुने विषयको विरोध गर्दछौं।

चीनले यस कार्य अमेरिका र ताइवानका लागि गम्भीर र हानिकारक भएको पनि चेतावनी दिएको थियो।

Advertisement

Advertisement

Advertisement