मर्जरमा जाने बैंकहरुलाई जस्तो सुकै आँधी हुरीले पनि हल्लाउन सक्दैन्ः गभर्नर नेपाल

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मर्जरमा जाने बैंकहरुलाई जस्तो सुकै ठूलो आँधी हुरीले पनि हल्लाउन नसक्ने भन्दै मर्जरमा जान सबैलाई आग्रह गरेका छन् । देवः विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुभाम्भ गरेको कार्यक्रममा सोमबार उनले मर्जर र एक्विजिशनमा जान ढिलो नगर्न बैंक वित्तीय संस्थाहरुलाई पुनः आग्रह गरेका हु्न ।

गर्भनर नेपाललेले बैंकहरुलाई बलियो बनाउन राष्ट्र बैंकले मर्जर र एक्विजिशनको नीति लिएको बताउँदै बलियो बनाएर अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन यो नीति लिइएको हो भने । नेपालका बैंकहरू पुँजी र प्रविधिका हिसावले कमजोर रहेको भन्दै वित्तीय प्रविधि (फिनटेक)मा बढ्दो खर्च कम गर्न पनि यस्तो मर्जरले सहयोग गर्ने बताए ।

बैंकहरुलाई राष्ट्र बैंकले लाइसेन्स दिएको जनताबाट उठाएको पैसाको सही सदुपयोग गर्नका लागि हो भन्दै नेपालले बैंकबाट नाफा कमाउने उद्देश्य राख्न नपाइने बताए । उनले नाफा कमाउने हो भने अरु व्यापार गर्नुपर्ने भन्दै बैंक खोलेर नाफा कमाउँछु भन्न पाइँदैन् भने ।

Advertisement

Advertisement

Advertisement