अजोड इन्स्योरेन्सको साधारणसभाः ३० करोडको साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको सोमबार सम्पन्न प्रथम वार्षिक साधारणसभाले सर्वसाधारणका लागि ३० करोड रुपियाँको प्राथमिक सेयर निष्काशन गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ ।

सभाले शेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । साथै, सभाबाट संस्थापक समूहका चार जना सञ्चालकहरु चयन भएका छन् । उनीहरुमा आजाद श्रेष्ठ, रामबहादुर गुरुङ, सागर गुरुङ र चिरञ्जीवी दुवा रहेका छन् ।

त्यसबाहेक सभाले अजोड इन्स्योरेन्स कम्पनीको नियमावली संशोधन गर्ने आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, एनएफआरएस प्रतिवेदन, सञ्चालकहरुको बैठक भत्ता वृद्धि तथा आव २०७५।७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव पारित गरेको छ ।

Advertisement

Advertisement

Advertisement