नेपाल इन्भेस्टमेन्ट बैंकको न्युरोडमा शाखा विस्तार, जेबिल्सको प्राप्ति पछि संयुक्त कारोबार शुरु

Advertisement

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सको प्राप्ति पछि संयुक्त कारोबार शुरु गरेको छ । प्राप्ति पछि बैंकको चुक्तापुँजी वृद्धि भई रु. १२ अर्ब ८९ करोड पुगेको छ । हाल बैंकको कूल निक्षेप रु. १४७ अर्ब र कूल कर्जा रु १३२ अर्ब रुपियाँ पुगेको छ ।

यता, राजधानीको प्युखा, न्युरोडमा ८१औं शाखा उद्घाटन गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन(प्राप्ति)लाई रणनीतिक योजनाको हिस्साका रूपमा रहने संकेत गरे ।

देशभर ८१ वटा शाखा, ११८ एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र र ५१ शाखारहित बैंकिङ काउन्टरहरू रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement