रामपुरमा कृषि प्रदर्शनी मञ्च निर्माण

Advertisement

बेझाड । रामपुरमा कृषि प्रदर्शनी मञ्च निर्माण गरिएको छ । कृषिजन्य सामग्री सङ्कलन तथा प्रदर्शनी गर्ने उद्देश्यले रामपुर नगरपालिका–१० हेक्लाङ्गफाँटको थोत्रिबारीमा रु छ लाखमा सो मञ्च बनाएको उपभोक्ता समितिका अध्यक्ष प्रकाशमणि तिमिल्सिनाले बताएका छन् ।

‘कृषि मेला, प्रदर्शनी, सभालगायतका कार्यक्रम, कृषक भेला बस्न समस्या परेपछि मञ्च बनाएका हौँ, अब कृषि मेला, प्रदर्शनी र उत्पादित सामग्री सङ्कलन तथा बेच्नसमेत सजिलो पर्नेछ’, उनले भने ।

नगरपालिकाको रु पाँच लाख, स्थानीय चेतनशील हाकाहाकी युवा क्लव तथा स्थानीय कृषकको रु एक लाखमा मञ्च निर्माण गरिएको उपभोक्ता समितिका सचिव कृष्णप्रसाद ओस्तीले बताए । मञ्च करीब ५० जना अट्ने क्षमताको छ । यस क्षेत्रमा विसं २०५४ देखि हरेक वर्ष कृषक तथा क्लबको सक्रियतामा कृषि प्रदर्शनी तथा मेला हुँदै आइरहेको छ ।

यस क्षेत्र कृषि उत्पादनको लागि अत्यन्तै राम्रो मानिन्छ । यहाँ तरकारी सङ्कलन गर्ने निश्चित ठाउँ नहुँदा कृषकले उत्पादित वस्तु बजार लैजान चुनौती झेल्दै आइरहेका छन् ।

Advertisement

Advertisement

Advertisement