गृह मन्त्रालय भन्छ– बाढि पहिरोबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३२ बेपत्ता

Advertisement

काठमाडौं । गृह मन्त्रालयले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको जनाएको छ । मन्त्रालयले मंगलबार दिउसोसम्म बाढि पहिरोमा मृत्यु हुनेको संख्या ७८ पुगेको, ३२ जना बेपत्ता रहेको र ४० जना घाइते भएको तथ्यांक सार्वजनिक गरेको छ ।

बाढी पहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका छन् । तीन हजार ३६६ जनाको उद्धार गरिएको जनाउँदै गृहले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement