सबैको लघुवित्तको ५ करोड ३० लाख रुपियाँको आईपीओ आजबाट खुल्ला

Advertisement

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) आज बुधबार (साउन १) गतेदेखि निष्काशन खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपियाँ दरमा ५ करोड ३० लाख रुपियाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रथामिक सेयर जारी गरेको हो।

एनआईबीएल एस क्यापिटल मार्फत निष्काशन भएको कूल ५ लाख ३० कित्ता सेयरमा ४ लाख ९५ हजार कित्ता सर्वसाधारणलाई, ८ हजार २ सय ५० कित्ता कम्पनीका कर्मचारीलाई र २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ ।

कम्पनीले जारी गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईपीओग्रेड ४ रेटिङ दिएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधार रहेको बुझाउँछ।

लघुवित्तको यस सेयरमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो सेयर मार्फत साउन ५ गतेसम्म आवेदन गर्न सक्नेछन्।

आईपीओ बिक्रीपछि चुक्ता पूँजी १६ करोड ५० लाख रुपियाँ पुग्नेछ। संस्थापक तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपियाँ भने चुक्ता भैसकेको छ।

Advertisement

Advertisement

Advertisement