सामसङको सर्भिस् सेन्टर ताम्राकार कम्प्लेक्सको तेश्रो तल्लामा

Advertisement

काठमाडौं । सामसङ नेपालले हालै काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो आधिकारिक सर्भिस् सेन्टर काठमाडौंको ताम्राकार कम्पेल्क्स मास्थानान्तरीत गरेको जनाएको छ ।

ताम्राकार कम्पेल्क्सको तेश्रो तलामा स्थान्तरीत यस नयाँ सर्भिस सेन्टर पहिले उक्त कम्प्लेक्सको चौथो तल्लावाट संचालित थियो । सेन्टरको शुभारम्भ मा सामसङ नेपालका उपाध्यक्ष वाई वि वन र आइ एम एसका प्रेशिडेन्ट दिपक मलोहत्रा, आई एम हेड प्रण्नय रत्न स्थापित, सामसङ नेपाल सर्भिस प्रमुख राजन भट्टराई र आई एम एस केयरका सर्भिस मेनेजर कुणाल गुरुङ्ग लगायतका अतिथीगणहरु उपस्थित भएका थिए ।

उक्त सेन्टरमा सर्भिस सेन्टरमा ५ बाट १० काउन्टर सम्म वृद्घी गरिएको छ । यसका साथ साथै तेश्रो र चौथो तल्लामा भि आई पि कस्टमर ९फ्लेगसिप फोन० को लागि छुटै काउन्टरको व्यवस्था गरिएको छ । यस अघि कम्पनीले काठमाडौं उपत्यका भित्र ९सुन्धारा,कमलादी, बालाजु० ललितपुरको जावलाखेल, भक्तपुरको सुर्यविनायक तथा उपत्यका बाहिर पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल, विर्तामोड,हेटौडा, धनगढी, जनकपुर, दाङ्ग र दमौलीमा आफ्नो आधिकारिक सर्भिससेन्टरहरु खोलिसकेको छ ।

सर्भिस प्रमुख राजन भट्टराईले ‘ग्राहकहरुमाझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरुले भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको तथा सर्भिस सेन्टरहरुबाट वारेन्टी भएका तथा नभएका दुबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिने’ कुरा उल्लेख गरे ।

Advertisement

Advertisement

Advertisement