मोरङको पथरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, २४ जना घाइते

Advertisement

मोरङ । मोरङको पथरीमा मिनी ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस मे १ च ९३९१ को मिनी ट्रकसँग ठोकिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा १ जनाको ज्यान गएको र २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अन्य घाइतेलाई पथरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण र न्युरो लगायतका अस्पताल पठाइएको छ ।

दुर्घटनामा बस र भ्यानमा क्षति पुगेको छ । सडकमा पल्टिएको बस र भेनलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उठाएको थियो ।

Advertisement

Advertisement

Advertisement