बाजुराको बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सनको सुविधा दिने

Advertisement

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको हो ।

तत्काल कार्यविधि बनाएर यसै आर्थिक वर्षबाट शुरुआत गर्नेगरी नगरसभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल ठकुल्लाले बताए । किसानलाई शुरुमा पाँच सय देखि एक हजार सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको नगरप्रमुख दीपकविक्रम शाहले जनाएका छन् । ५१ करोड बजेट प्रस्तुत गरेको नगरपालिकाले फलफूल गाउँ निर्माणदेखि कृषि पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ ।

यो वर्षबाट निजी स्रोतका शिक्षक नराख्ने गरी नगर स्वयंसेवक शिक्षक राख्ने र शिक्षा विकासमा विशेष जोड दिने नीति नगरपालिकाले लिएको छ । त्यसका लागि ८० लाख बजेटसमेत विनियोजन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement