बैतडीमा विकास बजेट ७० प्रतिशत बढी खर्च

Advertisement

बैतडी । जिल्लाको सुदूरपश्चिम प्रदेश मातहतका सरकारी कार्यालयहरुको गत आर्थिक बर्षको विकास बजेट ७० प्रतिशत बढि खर्च भएको छ । एक अर्ब ८३ करोड ८९ लाख पूँजिगत बजेट मध्ये एक अर्ब २९ करोड ४३ लाख खर्च भएको हो ।

यो कूल बजेटको ७० दशमलव ३८ प्रतिशत खर्च हो । विकास वजेट मध्ये भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको एक लाख बजेट मध्ये शतप्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी भाष्कर पन्तले जानकारी दिए।

डिभिजन वन कार्यालयको ९६ लाख ३५ हजार मध्ये ९२ लाख ३४ हजार खर्च भएको छ। यो कुल पुँजीगत बजेटको ९५ दशमलव ८३ प्रतिशत खर्च हो। यसैगरी सुख्खा फलफूल विकास केन्द्रको ५२ लाख ५० हजार मध्ये ३७ लाख ४५ हजार खर्च भएको छ।

कृषि ज्ञान केन्द्रको ८३ लाख ५० हजार मध्ये ७५ लाख ३८ हजार खर्च भएको छ। यसैगरी सिंचाइ विकास डिभिजन कार्यालयको ३१ करोड ९३ लाख मध्ये १९ करोड ७२ लाख खर्च भएको छ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नम्बर एक को ५९ करोड ९२ लाख मध्ये ४९ करोड ५७ लाख खर्च भएको छ। पूर्वाधार विकास कार्यालयको ७५ करोड १३ लाख मध्ये ४५ करोड ४८ लाख खर्च भएको छ। यो कुल बजेटको ६० दशमलव ५३ प्रतिशत मात्रै खर्च हो।

यसैगरी शहरी विकास तथा भवन निर्माण कार्यालयको १० करोड ३४ लाख मध्ये ९ करोड ३१ लाख रुपैया खर्च भएको छ। यस्तै स्वास्थ्य कार्यालयको एक करोड ४० लाख मध्ये एक करोड ३९ लाख खर्च भएको छ। जिल्ला अस्पतालको एक करोड २२ लाख मध्ये एक करोड नौ लाख खर्च भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको एक करोड सात लाख मध्ये ७३ लाख ८७ हजार खर्च भएको छ।

गत आर्थिक वर्षमा विकास बजेटमा विनियोजन भएको रकम मध्ये खर्च नभएको रकम फ्रिज हुने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। असारको पहिलो साता ३० प्रतिशतको हाराहारीमा खर्च गरेका कार्यालयहरुले एक महिनाको अवधिमा ४० प्रतिशत खर्च गरेका छन्।

Advertisement

Advertisement

Advertisement