सिटिजन लाइफको प्रथम बीमा शुल्क १०० करोड बढी संकलन

Advertisement

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बीमा शुल्कसय करोड रुपियाँ भन्दा बढी संकलन गर्न सफल भएको छ ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक दीपप्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोश्रो वर्षमा नै एक सय करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएकोमा व्यवस्थापन समूह, कम्पनीको बजार व्यवस्थापन लगायत विभिन्न विभागमा कार्यरत सम्पूर्ण कर्मचारी एवम् कम्पनीका अभिकर्तालाई धन्यवाद दिए ।

साथै कम्पनी सञ्चालन गर्न सञ्चालक समितिले नीतिगत व्यवस्था गर्ने र कम्पनी सञ्चालन व्यवसायिक विज्ञद्वारा हुने धारणा व्यक्त गरे । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको व्यवसायिक विकास एवम् समुन्नतीसंगै कर्मचारीको वृत्ति विकास हुँदै जानुका साथै यस वर्षको उपलब्धिले थप उर्जा प्रदान गरेको र आगामी वर्ष यो भन्दाअझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताए ।

यसका साथै कम्पनीले एक सय करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सहयोग पुर्याउने नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, सम्पूर्ण कर्मचारी, अभिकर्ताहरु तथा कम्पनीद्वारा प्रचलनमा ल्याइएका बीमालेख प्रति विश्वास गरी सो खरिद गर्ने सम्पूर्ण बीमितहरु एवम् यो उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सरोकारवालाहरु प्रति आभार व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले रु.७५ करोडको सेयर सर्वसाधारणलाई जारी गर्ने बताए । कम्पनीले नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरुमा विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement