उत्तरपुस्तिका परीक्षणमा अनियमितता आरोप लागेका त्रिविका पूर्वकर्मचारीले गरे आत्महत्या

,   ३ श्रावण २०७६, शुक्रबार, ०७:३० pm   
suicide-from-jumping

काठमाडौं । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका एक पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। त्रिविका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले बिहीबार दिउसो आत्महत्या गरेका हुन्।

महानगरी प्रहरी परिसरका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनले त्रिपुरेश्वरको राधा भवनको पाचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेका हुन् । पाण्डेले आफन्त र नजिकका मान्छेलाई उत्तीर्ण गराएको आरोप लगाउँदै उनीसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।