सुमेरुको २१औं बार्षिकोत्सवमा रक्तदानदेखि निःशुल्क मृगौला प्रत्यारोपणसम्म

Advertisement

ललितपुर । सुमेरु सेभिङ एण्ड क्रेडिटको आयोजनामा शनिबार विशेष रक्तदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा ४७६ जनाले रक्तदान गरेको सुमेरुका महासचिव हेमराज दाहालले बताए । रक्तदानमा सुमेरु सेभिङका साथै सुमेरु ग्रुपका अन्य संस्थाका पदाधिकारी एवं कर्मचारी र स्थानीय सहभागी थिए ।

यसै सन्दर्भमा सुमेरु ग्रुपको अर्को संस्था सुमेरु अस्पतालको प्रयोजनमा दुई जनालाई पूर्णरुपमा निःशुल्क मृगौला प्रत्यारोपण गरिएको छ भने ‘सुमेरु सामाजिक अभियानका लागि गरौं श्रमदान’ नारासहित ललितपुर नगर सरसफाई गरीएको छ । सरसफाईमा सुमेरु ग्रुपका विभिन्न संस्थासँग सम्वद्ध व्यक्ति, स्थानीय, प्रहरी, सरकारी संघसंस्थाका प्रतिनिधिहरु सहभागी रहेको दाहालले जानकारी दिए ।

बार्षिकोत्सवकै अवसरमा सुमेरु ग्रुपअन्तर्गतका संस्थाहरुबीच सप्ताहव्यापी अन्तरसंस्था फुटसल प्रतियोगिता पनि आयोजना गरिएको छ ।

Advertisement

Advertisement

Advertisement