ब्रोकर प्रीयराज रेग्मी लेख्छनः कमिसन त लिएँ, समस्या पर्याे, म के गरुँ होला ?

Advertisement

काठमाडौं । एक जना मित्र १५०० शेयर बेच्न आउनु भयो, दलाल न हुँ कमिसन आउछ बेचिदए । आईतबार राफसाफ गर्नुछ । मैले आज उहाँलाई सोधे–सर, तपाईँले बेचेको शेयरको भारित औषत लागत कति हो ?

विद्धान मित्रले भन्नुभो–‘१००० कित्ता शेयर २ नम्बर दलाल मार्फत २०६० सलमा र १५०० कित्ता शेयर १२ नम्बर दलाल मार्फत २०५९ किनेको हो । १०० कित्ता शेयर २०५६ सालमा आईपिओ परेको अरे
१७०० कित्ता शेयर कम्पनीले बोनस र हकप्रद दिएको हो । ५०० कित्ता शेयर पिताजीको स्वर्गवास भएपछि अंशमा पाएको हुँ । ५०० कित्ता शेयर एफपिओ र ६०० कित्ता शेयर लिलामिमा किनेको हो ।’

उहाँले ४०० कित्ता शेयर मेरो कम्पनी मार्फत पनि किन्नु भएको थियो । अहिले उहाँको खाता ६३०० शेयर छ । सिडिएसले भने अनुसारको फारम कुन्नी किन हो भरिदिनु भएन । भारित औषत लागत निकालि सिडिएसको प्रणालीमा मा लागत मूल्य प्रविष्ट(इन्ट्रि) गरि डिडिएस काटाउनु छ । के गरुँ होला ? कसो गरुँ होला ? कमिसन त लिएँ । समस्या पर्याे । लौन विद्वान मित्रहरू वुद्धि दिनुस् । सहयोग पाए गुण तिर्ने थिए ।-स्टक ब्रोकर एसोसियसन अफ नेपालका पूर्व अध्यक्ष रेग्मीले सामाजिक सञ्जालमा पोखेको पीँडा

Advertisement

Advertisement

Advertisement